शुक्रबार बसेको परिषद्को बैठकले १५ उजुरीमध्ये १० उजुरी खारेज गर्दै पाँचवटाको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको परिषद्का एक सदस्यले बताए ।
गृहमन्त्री नियुक्त भएपछिका एक सातामा उनले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहेका छन् । तर आम नागरिकका अलावा उनका समर्थक, प्रशासन र सुरक्षा मामिला विज्ञहरूले भने उनको केही काममा सकरात्मक देखिन्छन् त केही काममा प्रश्न सोझ्याएका छन् ।
हिमाली क्षेत्रमा पाइने चौंरी तथा तिनका प्रजातिसँगै चौंरी र भेडाजन्य उत्पादनको प्रदर्शन र प्रवर्द्धनका लागि यहाँ २०७३ सालदेखि महोत्सव आयोजना हुने गरेको छ ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा प्रदेशभर १२ सय १० परीक्षार्थी अनुपस्थित थिए ।
एनएनआईपीएले स्थानीय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा दुवै खेलाडीलाई सर्वोत्कृष्ट घोषणासँगै जनही १ लाख नगदबाट पुरस्कृत गरिएको हो ।
अपिहिमाल गाउँपालिका र काठमाडौंस्थित ‘एक एक एक पाइला’को संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ५ सय ९२ जनालाई विभिन्न प्रकार स्वास्थ्य सेवा दिइएको हो ।
धादिङ रुवीभ्याली गाउँपालिका–८ घर भएका ३० वर्षीय प्रेम तामाङ र ४९ वर्षीय टासी तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा ८ देखि १२ अप्रिलसम्म हुनेछ ।
रूपन्देही क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।
सरकारी जग्गामा घर बनाउन खोज्दा अवरोध भएपछि बसन्त सदाको परिवारले १५ वर्षदेखि त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउनुपरेको छ।
विद्यार्थीले विद्यालयमा भर्ना हुनका लागि विद्यालयले दिएको वार्षिक परीक्षाको लब्धांक र स्थानान्तरण प्रमाणपत्र पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको देखिन्छ । -सर्वोच्च
जिल्ला प्रशासन कार्यालय धनकुटाले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध लगाउँदै निगरानी बढाएको हो ।
युएई, कतार, साउदी अरब र ओमानको प्रशासनले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
'अहिले सबैभन्दा ठूलो समस्या रुग्ण ठेक्कामा छ । यस्ता ठेक्का पनि छन्, कानुनले बाधा गरेर बन्द गर्न पनि सकिँदैन, अर्को ठेक्का लगाउन पनि सकिँदैन ।'
सेतो नम्बर प्लेटका सरकारी गाडी हरियो वा अन्य कुनै नम्बर प्लेटमा परिवर्तन गर्न पाउने कानुनी प्रावधान नहुँदा पर्यटककालागि चलाउन समस्या भएको कोषको दाबी छ ।
सुरुमा जिल्ला प्रशासन कार्यालयबाट ५ सय वटा राहदानी सेवाग्राहीको हुलाक कार्यालयले घरमै पुर्याउने प्रणाली व्यवस्थित गर्न लागेको प्रजिअ बसन्त अधिकारीले बताए ।
ऐनअनुसार भर्नाका लागि सिट निर्धारणको अधिकार आयोगलाई दिइएको छ भने एकीकृत प्रवेश परीक्षामा प्राप्त मेरिटका आधारमा भर्ना हुने व्यवस्था छ ।
ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्काका अनुसार रातो मत्स्येन्द्रनाथसँग सम्बन्धित सामग्री संग्रहालयमा राख्न गुठी संस्थान तथा विभिन्न संघसंस्थालाई पत्राचार गरिएको छ ।
जापानका लागि कार्यवाहक राजदुत हरिहरकान्त पौडेलले बिहीबार परीक्षा सञ्चालन भइरहेकाे एभरेष्ट ईन्टरनेशनल स्कुलमै पुगेर परीक्षा व्यवस्थापन तथा विद्यार्थीहरूको उपस्थितिबारे निरीक्षण गरेका छन् ।
व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी प्रमिला कुलुजु राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी छन्, उनको प्राथमिकता महिला सशक्तीकरण हो।
गृह मन्त्रालयकै निर्देशनविपरीत मिटरब्याज पीडित महिला ३ दिनदेखि प्रहरी हिरासतमा
निर्वाचनअघि प्रत्यक्षमा ३० भन्दा बढी जित्ने आकलन गरेकाे नेकपा ९ सिटमा खुम्चियो । पार्टीले यो हारमा ११ आन्तरिक र ६ वाह्य कारण रहेको निष्कर्ष निकालको छ ।
प्रतापपुर गाउँपालिका-८ मा रहेको इन्दिरा सुगर मिलले किसानको बक्यौता नतिरेर उद्योग समेत संचालनमा ल्याएकाे छैन ।
‘पहिले जस्तो सरकार अब छैन, राजस्व चुहावट गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘कुनै कार्यालयमा त्यसो गरेको पाइए सम्बन्धित कार्यालय प्रमुख नै त्यसको जिम्मेवार हुनुपर्छ ।’
जिल्ला विपद् व्यवस्थापन समितिले कोशी राजमार्ग अन्तर्गत धनकुटा–हिले खण्ड, सरकारी कार्यालय परिसर तथा आवासीय क्षेत्रमा रहेका ५ सय ३१ वटा जोखिमयुक्त रूख हटाउने निर्णय गरेको हो।
लुम्बिनी प्रदेश सरकारले विभिन्न चार विधामा पाँच सहकारी संस्थालाई पुरस्कृत पनि गरेको छ ।
'संवैधानिक इजलास सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुटु हो, विडम्बना ! आज यही इजलास कार्यबोझ र प्रक्रियागत ढिलाइको चापमा छ ।'
मुख्यमन्त्री‘लोकतन्त्रमा सामुदायिक र निजी क्षेत्रका सञ्चारमाध्यमलाई अंकुश लगाउन मिल्दैन,’ उनले भने, ‘संघीयताको मर्मविपरीत काम गर्दा संघीयता कमजोर बन्छ ।’
सभामुखका लागि शुक्रबार बिहान ११ देखि अपराह्न २ बजेसम्म संघीय संसद् सचिवालयको काठघर नं. १ मा उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । उक्त अवधिमा अर्यालको मात्र उम्मेदवारी दर्ता भएको हो ।
जिल्ला र उच्च अदालतका न्यायाधीशहरूउपर परेका उजुरीहरूबारे छलफल हुने
वडा कार्यालयमा काम गर्ने क्रममा राजनीति गर्न पनि पढाई अति आवश्यक लागेपछि वडाकै विद्यालयमा कक्षा १० मा भर्ना भएर यसपाली एसईई दिइरहेको उनले बताए ।
घरमा हजुरआमाको संरक्षणमा रहेकी बालिकाको महिनावारी रोकिएपछि सोधीखोजी गर्दा बलात्कारमा परेर गर्भवती भएको खुलेको थियो ।
बिरामीलाई अस्पताल पुर्याउनुअघि मोटरसाइकल एम्बुलेन्समा चिकित्सक पठाइने महानगरले जनाएको छ ।
उनले उपसभामुखको चयनमा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका अभ्यासहरूलाई मध्यनजर गरिने स्पष्ट पारे ।
महासंघको महाधिवेशनबाट ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
सामाजिक विकास मन्त्रालयको नेतृत्वमा मनोचिकित्सक, मनोविद् र प्रशासकहरुको टोली हरेक स्थानीय तहमा पुगेर जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय अगुवाका बीच अन्तरक्रिया गरिरहेको छ।
सुदूरपश्चिममा हालसम्म ५४ हजार ४८१ उद्योग दर्ता भएका छन् । यसमध्ये २६ हजार २७ उद्योग मात्रै नवीवकरण भएको देखिन्छ । २८ हजार ४५४ उद्योग नवीकरण नहुँदा ३ हजार ३०९ उद्योग खारेज भएका छन् ।
सम्भाव्यता अध्ययन र कार्यविधि निर्माण गर्न एउटा सानो समितिले काम अगाडि बढाइसकेको कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको भनाइ
एनटीआरले 'श्री कृष्ण सत्य' जस्ता फिल्ममा राम, रावण र कृष्ण तीनै प्रमुख भूमिका निर्वाह गर्दै अभिनयमा नयाँ उचाइ रच्न सफल भएका थिए ।
यूएई, बहराइन, कतार, साउदी अरेबियादेखि इजरायलको तेल अभिभसम्म रहेका अमेरिकी कम्पनीका पूर्वाधारहरूमा आक्रमण गर्ने सूची नै जारी गरेको रिपोर्ट प्रकाशित भएको छ ।
मुख्य रजिस्ट्रार पौडेलले अदालतलाई ‘लेस पेपर’ (न्यून कागज) बाट ‘पेपरलेस’ (कागजविहीन) बनाउने यात्रामा अगाडि बढ्नुपर्ने बताए ।
उत्तरपुस्तिका जाँच्नका लागि माध्यमिक तहमा अध्यापनरत अनुभवी शिक्षकलाई खटाइएको र कुनै पनि शिक्षकले आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँच्न नपाउने नियम बनाइएको छ ।
अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुलासा, परीक्षा दिन आउने र दिन पठाउने दुवै पक्राउ
ट्रम्प सरकारले ल्याएको नागरिकता वा ग्रीनकार्ड नभएका बुबाआमाबाट जन्मिएका सन्तानले जन्मसिद्ध नागरिकता नपाउने प्रावधान अदालतले स्वीकार्दै कार्यान्वयन भएमा यसको प्रभाव नेपालीमा पनि पर्नेछ ।
नवप्रर्वतन कार्यक्रममार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय परियोजना संचालन गरिएको प्रदेश सरकारले जनाएको छ ।
नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने भएको छ। पार्टीका पूर्वउपाध्यक्ष गुरु बराललाई उम्मेदवार बनाउने एमालेको तयारी छ।
नेपाः ट्राभल्सका सञ्चालक सन्जय बजिमयले लुम्बिनी, पोखरा, मुक्तिनाथ, चितवन, काठमाडौं र बर्दिया लगायत गन्तव्यका लागि भ्रमण प्याकेज सार्वजनिक गरिएको जानकारी दिए ।
पुरुष सिंगल्सको उपाधिका लागि आयुष्मान घले र प्रनव मानन्धरबीच शुक्रबार फाइनल प्रतिष्पर्धा हुँदै छ ।
विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार
मन्त्रीको कार्यकक्षमा मोबाइल लैजान निषेध
चैत २१ देखि ३० गतेसम्म मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुकी ५ बजेदेखि राति ९ बजेसम्म सडकमा सवारी आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सडक क्षेत्र खाली गराउन पटक-पटक सूचना प्रकाशित गरेपछि पनि अटेर गरेपछि डोजर चलाउनु परेको नगरपालिकाले जनाएको छ ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।
सञ्चार मन्त्रालयको पहलमा भन्सार र बैंक शाखाको समन्वयमा अब सार्वजनिक बिदाका दिन पनि हुलाकमार्फत सेवा लिन सकिने भएको हो ।
उनको प्रस्तावकमा पार्टी सभापति तथा सांसद रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन् ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार कायम भएको छ ।
उनको प्रस्तावकमा पार्टी सभापति तथा सांसद रवि लामिछाने रहेका छन् । यस्तै स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहनेछन् ।
अदालतमा विचाराधीन रहेका मुद्दा बचतकर्ताको हितमा छिटोभन्दा छिटो फैसला हुनुपर्ने उनीहरुको प्रमुख माग रहेको छ ।
यस विषयमा बुढाथोकीसँग कुरा गर्दा श्रीमतीलाई निजी स्वकीयका रुपमा नियुक्त दिएको स्वीकारेका छन् ।
बिहीबार युएईबाट भारतका विभिन्न गन्तव्यहरूमा लगभग ९० उडानहरू हुने अपेक्षा गरिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
बालककी आमा ममताले छोरालाई कुटपिट गरेको, ढिलो गरी घटनाबारे खबर गरेको दाबी गर्दै आएकी छन् ।
विद्युत् पोलमा गुजुल्टो परेका तारहरूले पटक–पटक सर्ट सर्किट र आगलागीका घटना निम्त्याउँदै आएका छन् भने यसले राजधानीको सौन्दर्यसमेत बिगारेको छ।
राज्यले दलितविरुद्ध गरेका यस्ता गम्भीर अत्याचार र अपराधको प्रायश्चितसहित औपचारिक रूपमा दलितसँग राज्यले माफी माग्न लागेको हो भने यसलाई राज्यको जिम्मेवार कदमका रूपमा लिनुपर्छ ।
मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल पुगेका थिए ।
सचिव पदमा अर्याल भन्छिन्,‘दल नेता थापाले संसद्मा राखेका राजनीतिक विषय छलफलबाटै आएका हुन् । राज्यका स्टेक होल्डरबारे उठाइएका विषय उहाँका निजी कुरा हुन् ।’
एजेन्सीहरूले ब्रोकरको काम गरेर ठूलो कमिसन लिने तर सरकार र सञ्चारमाध्यमलाई त्यसको कुनै फाइदा नपुगेको देखेपछि यस्तो निर्णय गरिएको प्रधानमन्त्री सचिवालयको स्पष्टोक्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।
कार्यस्थल वा बासस्थानमा मृत्यु भएकाहरूको झन्डै चार वटा शव दैनिक नेपाल आउने गरेको तथ्यांकले देखाउँछ । तत्कालका लागि वैदेशिक रोजगारीको विकल्प नभएका कारण यसलाई सुरक्षित बनाउनेतर्फ पहल गर्न सकिन्छ ।
विद्यार्थीहरूलाई अरूसँग तुलना गर्ने, उच्च अंक ल्याउन दबाब दिने र सधैं उत्कृष्ट हुनुपर्ने अपेक्षाले उनीहरूमा तनाव र चिन्ता बढाइरहेको छ । यस्तो अवस्थामा सिकाइ प्रक्रिया आनन्ददायी नभई तनावपूर्ण बन्दै गएको छ ।
२१ फागुनमा भएको निर्वाचनमा बढीभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउने र बदर मत न्यूनीकरण गर्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गरिएको थियो ।
यसअघि भट्टमाथि सरकारी निकायले अनुसन्धानको प्रयास गरे पनि राजनीतिक दबाबमा रोकिने गरेको थियो, नयाँ सरकार आएसँगै फाइल ब्युँताएर अनुसन्धान अघि बढाइएको हो।
मंगलबार विश्वकपको युरोपेली प्लेअफ छनोटमा इटाली टाइब्रेकरमा बोस्निया एन्ड हर्जगोभिनासँग पराजित भएको थियो ।
नेपालको वैदेशिक व्यापार घाटा बर्सेनि बढिरहेको अवस्थामा सरकारले त्यसलाई कम गर्न खासै केही व्यवस्था नल्याएको सरकारका पूर्वसचिव पुरुषोत्तम ओझाले बताए ।
गत फागुनमा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत माघको तुलनामा फागुनमा नेपाल भित्रिएको रेमिट्यान्स कम हो ।
कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नासासहित विभिन्न देशको सहकार्यमा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट बिहीबार चार अन्तरिक्ष यात्रुसहित रकेट प्रक्षेपण
आजका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
संसद्मा राजनीतिक शक्ति सन्तुलन मात्रै नयाँ छैन, सांसदहरू नै अधिकांश नयाँ छन्, ४५ वर्षमुनि उमेर समूहको बाहुल्य छ, महिलाको प्रतिनिधि बढेर ३५ प्रतिशत पुगेको छ।
आन्तरिक र पार्टी-पार्टीबीचको द्वन्द्व बढ्दै गएको पृष्ठभूमिमा काठमाडौंको बानेश्वरमा २०५३ पुस १२ मा आयोजित उपनिर्वाचनको उम्मेदवार घोषणा सभामा एमाले नेताहरूले कांग्रेसको भविष्यमाथि कडा टिप्पणी गरेका थिए ।
चार दशकअघि कथाहरू पनि बलिउडबाट आयातित हुने समयमा उनले मौलिकतालाई फिल्ममा जोगाएका मात्र थिएनन्, सिंगो फिल्म क्षेत्रलाई सन्देश दिएका थिए ।
बिहारको जोकहीमा बन्धक बनाइएका बालिकाका दिदीहरू डेढ सातामा त्यहाँबाट निस्किन सफल भएपछि प्रहरीमा पुगेका थिए । उनीहरूले दिएको बयानअनुसार प्रहरीले बालिकाको उद्धार गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका डीसपी भीषणबाबु राईका अनुसार पारिवारिक विखण्डन, अभिभावकीय निगरानीको कमी, मानसिक अस्थिरता, गलत संगत र सामाजिक परिवेशमा आएको परिवर्तनका कारण पनि कम उमेरमै दुर्व्यसन सुरु हुने प्रवृत्ति बढ्दो छ।
सिस्ने–५ स्थित रुकुमकोट सभाहल र सिस्ने–६ मा एकीकृत सरकारी कार्यालय भवनको निर्माण अलपत्र छ । १९ महिनादेखि भवन निर्माण अवरुद्ध हुँदा संरचना रुग्ण बनेका छन् ।
उद्योगमा कार्यरत कर्मचारीले नौ महिनादेखि तलबभत्ता पाएका छैनन् ।
सनराइर्जसले दोस्रो खेलमा पहिलो जित निकालेको हो । टोली पहिलो खेलमा रोयल च्यालेन्जर्ससँग पराजित भएको थियो । कोलकाताको भने लगातार दोस्रो हार हो ।
भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा सिर्जनाको मृत्यु जलनकै कारण भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अंगुर जीसीले जानकारी दिए ।
दोहोरो सुविधा लिएको आरोपमा कर्णाली प्रदेश सभा सचिव जीवराज बुढाथोकीविरुद्ध अख्तियारमा पटक-पटक उजुरी परेको छ ।
सहकारी गतिविधिमार्फत विभिन्न समुदायबीच हुने नियमित अन्तरक्रियाले सांस्कृतिक दूरी घटाउँछ र ‘विविधतामा एकता’ को सिद्धान्तलाई व्यावहारिक रूपमा साकार पार्न सहयोग पुर्याउँछ ।
बिहीबार साँझ विमानस्थलको सेवा प्रवाहबारे आकस्मिक निरीक्षणमा पुगेका उनले विदेशमा पसिना बगाएर स्वदेश फर्किएका नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने बताए ।
हार्वर्ड र एमआईटीका नेपाली विद्यार्थीको आयोजनामा अप्रिल २५ र २६ मा क्याम्ब्रिजमा एआई, श्रम बजार र युवा नेतृत्वबारे सम्मेलन हुँदै छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पहिलो खेलमा गोल्डेनगेटले केभिसी हाउन्ड्स र अर्को खेलमा आर्मीले टाइम्स बास्केटबल क्लबलाई हराएको थियो ।
अनरको ‘एक्स ९डी’ ५४ हजार ९ सय ९९ रूपैयाँ र ५९ हजार ९ सय ९९ रूपैयाँमा नेपालमा उपलब्ध छ ।
सीएसआरअन्तर्गत गोल्छा ग्रुपले किओचलाई पाँच करोड रुपैयाँ सहयोग गरेपछि सातै प्रदेशमा बाल अस्पताल निर्माण अभियानले थप गति पाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमूना विद्यालय स्थापना गर्न लागेको जानकारी दिए ।
शिरीष देवकोटाको ‘रोइला’ गीतले गाउँठाउँको कला, संस्कृतिलाई संरक्षण गर्दै नेपाली संगीतमा विशेष योगदान पुर्याएको छ । उनले गाएको ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा...’ नसुन्ने कमै होलान् ।
निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो ।
फिल्म क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि फिल्मकर्मीको नजर दुईतिहाइ नजिकको नयाँ सरकारप्रति जबर्जस्त छ । उनीहरू ५६ वर्ष पुरानो ऐन, विधेयक संशोधन नगरी समस्या समाधान नहुने तर्क गरिरहेका छन् । नयाँ सरकारबाट फिल्मकर्मीका सरोकार र चासो के-के छन् ?
विश्व तथ्य जाँच दिवसका अवसरमा सेन्टर फर मिडिया रिसर्च (सीएमआर) ले आयोजना गरेको छलफलमा यसपटकको निर्वाचनका बेला सामाजिक सञ्जालमा फैलिएको मिथ्या सूचनाको प्रवृत्तिमाथि समीक्षा गरेको हो ।
कांग्रेसले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको घटनाको सन्दर्भमा कार्की आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी राय, सल्लाह र सुझावसहितको प्रतिवेदन पेस गर्न बिहीबार वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

