user avatar
Nepal Weather Forecast
@DHM_Weather
यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक एक्स एकाउण्ट हो। मौसम सम्बन्धी नियमित जानकारीको लागि हामीसँगै जोडिनु होला।
Nepal
Joined May 2018
Posts
  • user avatar
    १९ वैशाख २०८२ देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउनु होला।
    00:00
  • user avatar
    हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा रहेको “मोखा” नामक चक्रवात अति शक्तिशाली चक्रवातमा परिणत भइ उत्तर उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिन्छ।
    GIF
  • user avatar
    फेरि पनि हिउँ र पानी पर्दै छ है। कहाँ कहाँ र कति पर्ला त हिउँ र पानी ? थप जानकारीको लागि यो भिडियो हेर्नुस् है!
  • user avatar
    हाल देशको बागमती प्रदेशको काठमाण्डौ उपत्यका आसपासका क्षेत्र लगायतका केही स्थानहरूमा साथै गण्डकी, मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ । सो प्रणाली पूर्व तिर सर्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
    GIF
  • user avatar
    आगामी दुई दिन सम्म नै देशव्यापी रुपमा मौसम पूर्ण रुपमा सफा नहुने साथै वर्षा/चट्याङ/हावाहुरीको संभावना रहेकोले मौसमी सूचना तथा जानकारी लिएर मात्र योजनाको तय गरौं। मौसम सचेत बनौं! @NDRRMA_Nepal @NEOCOfficial
    GIF
  • user avatar
    हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मेघगर्जन चट्याङ्ग सहित वर्षा गराऊने बादल विकसित भई गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरेहको छ। उक्त प्रणाली उत्तर-पूर्व सर्दै रहेको जानकारी गराउँदछौं। @NDRRMA_Nepal
    GIF
  • user avatar
    ३ वैशाख २०८२ अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्नु होला। मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नु होला। @NDRRMA_Nepal
    00:00
  • user avatar
    हाल देशको दक्षिण-पश्चिम बाट मेघ गर्जन/ चट्याङ् सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तर-पूर्व तिर सर्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनु होला। @NDRRMA_Nepal
    GIF
  • user avatar
    हाल गण्डकी प्रदेशमा मेघ गर्जन/चटयाङ सहित वर्षा गराउने बादल विकसित भैरहेकोले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।@NDRRMA_Nepal
    GIF
  • user avatar
    सुर्खेत स्थित रातानाङ्लामा रहेको मौसमी राडारले भर्खरै देखाएको भिडियो चित्र अनुसार रातो रंगले राडार आसपासको क्षेत्रमा वर्षा भईरहेको अवस्था देखाउँदछ।
    00:00
  • user avatar
    हाल कोशी प्रदेश र गण्डकी प्रदेशको थोरै तथा बागमती प्रदेशको एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। उक्त प्रणाली दक्षिण पूर्व तिर आइरहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । @NDRRMA_Nepal @NEOCOfficial
    GIF
  • user avatar
    पुस १२ गते शुक्रबार अपरान्ह देखि पुस १३ गते शनिबार सम्म हिमाली क्षेत्रमा हिउँ र पहाडी तथा तराई क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ। कहाँ पर्छ हिउँ कहाँ पर्छ पानी ? थप जानकारीको लागि यो भिडियो हेर्नुहोला।
    00:00
  • user avatar
    हाल प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पुर्ण बदली भइ धेरै स्थानमा हल्का देखि म्ध्यम वर्षा भइरहेको छ। साथै प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्टयाङ्ग सहित भारी वर्षा भइरहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। @NDRRMA_Nepal
    GIF
  • user avatar
    हाल गण्डकी प्रदेशका केही र बागमती तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा भइरहेको र यो प्रणाली उत्तर पूर्व सर्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनु होला। @NEOCOfficial @NDRRMA_Nepal
    GIF