Gagan Thapa
4,314 posts
- काेराेना संक्रमणका सन्दर्भमा आजको संसदमा @PM_Nepalले राख्नुभएको धारणाले पुन पुष्टि गरेकोछ-'प्रमलाई धेरै कुरा थाहा छैन तर आफूलाई थाहा छैन भन्ने उहाँलाई थाहा छैन। बरु म भन्दा जान्ने-बुझ्ने कोही छैन भन्ने भ्रम र अहंकार छ।'यो रवैयाले नेपालीले थप दुःख पाउने कुराले चिन्तित बनाएकोछ।
- ल बैठक सकियो।परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन ।
- कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको परिवर्तित नक्सा संविधानको अङ्ग बनाउन मतदानका लागि संसद् जादैछु।घरभित्रका अनेकन विषयमा सरकारसंग हाम्रा विमति छन् र रहनेछन् तर राष्ट्रिय स्वाभिमानको लडाइमा सिङ्गो नेपाल,सबै नेपाली एकबद्ध छ र रहिरहनेछ भन्ने सन्देश संसदबाट दिनेछौँ। जय नेपाल!
- यस वर्ष SEE परीक्षा नहुने,सही निर्णय!कक्षा ११को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने ब्यबस्था गरौं र अब बाट SEE कानुनी रूपमा नै खारेज गराैं। कक्षा१२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं। शिक्षा प्रणालीमा परिवर्तनको लागि,संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।
- अर्थमन्त्रीज्युले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला,२ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको !! अनि कर तिर्ने कार्यालयमा लाममा बस्दा चाहिँ कोरोना संक्रमणको डर नहुने रहेछ!! विद्वान मन्त्रीले भने पछी पत्याउनै पर्यो!
- आज ऐतिहासिक दिन!सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ।राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ।अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ।
- अनार- दाना दाँतका लहर खोलेर हाँसन्, तिमीले हाँसे म हाँक्न सक्छु ईन्द्रको आसन।" बाह्र वर्ष अगाडिको यो हाँसो... दिनहरु बित्दै जाँदा खुशी बढ्दै गयो... हाँसो गहिरिँदै... #anniversary @anjanakcthapa
- नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ। तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा@PM_Nepalलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।
- संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पर्सी १६गतेकै कार्यसूचीमा राखियोस्।काँग्रेस संशोधनको पक्षमा छ।कसैले चिन्ता नलिऔँ,कोही भ्रममा नपरौँ।केन्द्रीय समितिको बैठक गर्ने-नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो।हामी काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ।
- वैशाख २९, मिति एक , खुशी दुई ! हाम्रा छोरीहरू गार्गी र जियानाको जन्मदिन। @anjanakcthapa
- It is frustrating when head of your government makes repeated nonsensical statements without realizing that he is making a mockery of himself. @PM_Nepal this pandemic is real, Stop living in a bubble !!
- लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद! हाम्रो भूमिलाई व्यवहारमा प्राप्त गर्ने अभियानमा हाम्रो पूर्ण साथ छ र रहिरहनेछ। आत्मश्लघा होइन आत्मविश्वास,उत्तेजना होइन चतुरता,साहस सँगै अडान र परिपक्व कूटनीतिक पहल भयो भने लक्ष्यमा अवश्य पुग्नेछौँ।







