Pinned
Sameer Mani (A) Dixit, PhD🇳🇵
127.3K posts
Infectious Diseases | AMR | Vaccine | Cycling Scientist | @advance Global Alumni '21 | @AustraliaAwards Fellow '24 | Producer/Presenter @TFS_nepal | @arsenal
- परिक्षण नबढाउने, उल्टो परिक्षणको महत्व ओझेलमा पार्न खोज्ने। लकडाउन खुकुलो बनाउन सिन्को नभाच्ने । क्वारेन्टिनमा मानवलाई जनावर भन्दा नराम्रो अवस्थामा राख्ने । अब कसैले मलाइ कृपया भनिदिनुस् कि मेरो आक्रोश गलत हो ? राज्यले गरेका कृयाकलाप ठिक हो ? नागरीक रिसाउन पाउने कि नपाउने ?
- केरे केरे ? नेपालमा गैरसरकारी र निजी स्तरमा प्रयोगशाला नभएर नै राज्यले आफै फेरि नया मेशिन किन्न खोज्दै हो ? भएको पुर्वाधार चलाउन नसकिने नै हो त ? नया मेशीन कहिले आउने, कहिले तैयारी गर्ने, यसको सहि प्रयोग कसरी गर्ने इत्यादि प्रश्न सोध्नु अघि यो भिडियो हेरम त लौ !
00:00 - यो भिडियो बनाउनै पर्ने भएर पेश गरें । आरडिटिले संक्रमण फेला पार्न थालेपछि धेरैजना आत्तिएको पाएं । तथ्य यसप्रकार छ । आश गर्छु यसले बुझाउन सहयोग गर्नेछ । संक्रमण हामी माझ धेरै अघिदेखि नै छ, अब पहिचान भएको मात्र हो ।
00:00 - विश्वका करिब १२५ देशमा खोपको पहिलो मात्रा अझै भित्रिएको छैन । नेपालमा भने आजको दिनसम्म २० लाख मात्रा आइसक्यो । नया बर्षा अघि नै थप ३० लाख मात्रा नेपाल सरकारले खरीद गरेर ल्याउंदैछ । साथै कोभ्याक्स सञ्जालबाट ६० लाख आउने पक्का छ । यसलाइ उपलब्धि भन्न कसैलाइ लाज त लाग्दैन नी ?!
- भारतले हाम्रो जे पनि आफ्नो भन्न हुने, हामीले चाहिं उनीहरुको केहि आफ्नो भन्न नहुने ? उनीहरुले मात्र हामीलाई निरन्तर तीर हानी रहन हुने, हामी चाहिं एक दुइ फिर्ता गर्न नहुने ? जस्तालाई त्यस्तै, ढिंडोलाई निस्तै है साथी हो ! (तथस्ट विचार राख्ने म एक नेपाली नागरीकको सोच)
- हिजो सम्माननीय प्रम ले आव्हान गर्नुभएको बैठकमा, जसमा म पनि सम्मिलित थिएं, मुख्य कुरा के भए त ? छोटो जानकारी । मिडियामा केहि अलमल देखियो , विशेषगरी "स्वास्थ्य संकटकाल" बारे !
00:00 - लकडाउन खुकुलो पार्ने उपाय सहित राज्यलाई मेरो चुनौती । नेपाली नागरिकको मृत्यु कोभिडले भन्दा कैयौं गुणा बढि अन्य समस्याहरुले गराउनेछ। मित्रराष्ट्रहरुले गर्न थालिसके, हामी किन पछाडि ?
00:00 - कोभिडको मृत्यु गन्दै बसौं । किनभने, अन्य रोग महत्वपुर्ण नै होइनन् , ती बाट मृत्यु नै हुंदैनन् ! विगत २ महिनामा आत्महत्या, क्षयरोग, नसर्ने रोग, गर्भवती महिला, शिशु रोग, झाडापखाला इत्यादिको कारण कुनै नेपाली मरेन । त्यसैले लकडाउन चलिरहोस्, राज्य बिना योजना अघि बढिरहोस् !
- सडक आन्दोलनमा जांदै हुनुहुन्छ भने यति सुनेर जानुहोला है । लोकतान्त्रिक मुल्यमान्यताले प्रदर्शन रोक भन्न मिल्दैन । तर सावधानी चाहिँ अपनाउनु एकदमै अनिवार्य छ ! यो एकदमै संबेदनसिल समय हुन गइरहेको देख्छु ।
00:00 - ट्विटरमा पुर्णरुपमा राजनैतीक सोच हावी छ । त्यसैले जुनैपनि कुरालाइ राजनैतिक आंखाले हेर्ने चलन छ - आफ्नो निकटको दललाइ पायक कुरामा आरटि र फेव, तर अरुको दललाई पायक पर्ने कुरामा चरम बिरोध ! म जस्ता नागरीक यस्ता कुरा चिर्नको लागी यता हाजीर छौं । अरु कोहि छन् म जस्तै, भेलसंग नबग्ने ?
- आजसम्म खासै कसैलाइ ब्लक गर्नुपरेको थिएन । तर अब बुझ्दैछु ट्विटरले यो विकल्प किन राखेको रैछ भनेर । व्यक्तिगत लाञ्छना लाउने र संधै निहुमात्रै खोज्न आउनेहरुलाई सम्झाउंदा, बुझाउंदा पनि नभएपछि यो उत्तम उपाय रहेछ ! अब यसको व्यापक प्रयोग हुनेछ। स्वच्छ बहसहरुमा लागु हुनेछैन । 😃😎
- मलाइ मतलब छैन कुन दल, राजनैतीक विचारधारा (अथवा नितान्त स्वविचार) ले कुनै पनि आन्दोलन प्रेरित छ । मलाइ मतलब यती मात्र छ कि भिंडभाड कोरोना भाइरस सर्ने राम्रो माध्यम हो । लकडाउन सकिएको होइन, केहि खुकुलो गरीएको हो, आम नागरीकलाई बाच्न सजिलो बनाउनको लागी । कृपया दुरुपयोग नगरौं ।



