Bishnu Rimal ~विष्णु रिमाल
5,166 posts
- सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो। "साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु।" धेरै खुशि लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू!
- Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!
- भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दु:ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका?
- प्रधानमन्त्रिज्युलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ?एकपटक मामालाई भेट्न मन लागेको छ। मैले भने- तपाई पहोलो भिजिटर हुनुहुनेछ।आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए।
- नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ।
- प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नु पर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।
- नेताहरू-- झुक्किए, फसे वा फसाईए या तिनिहरूले गल्ति नै गरे पनि कोईवात छैन- हामी धन्य छौं मुलुक जोगाउने 'एक-से-एक उहॉ'हरू हुनुहुन्छ। आङ् सिरिङ्ग हुन्छ र, साह्रै आश्चर्य लागि रहेको छ, 'उहॉहरू'को जन्म अघि यो मुलुक कसरी जोगिए छ?!
- १७:५४ बजे सर्वसम्मतिले संबिधान संशोधन प्रस्ताव पारित ! सबै नेपालीहरूलाई हार्दिक बधाई!
- भन्नेको मुख क़सले पो थुन्न सक्छ र डा सा'प?! अर्थमन्त्रीको रुपमा तपाईंको अढ़ाई बर्षे कार्यकाल पूर्णरुपमा सफल रह्यो, हार्दिक बधाई! नेपाली अर्थतन्त्रको रक्षा र विकासमा तपाईंका योगदानको नतीजा भोलिका दिनहरुमा देखिने छ। जनसुकै 'ह्याट'मा किन नहोस, सदा झैं हाम्रो यात्रा साथ-साथ रहनेछ!
- “मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू गरिन्छ!”












