काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न कडा निर्देशन दिएको छ। मन्त्रालयका अनुसार केही विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधन सहित) तथा सर्वोच्च अदालतको आदेश उल्लङ्घन गर्दै नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र अत्यधिक शुल्क असुल्ने गरेको तथ्य फेला परेको भन्दै यसप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ । विद्यालय सञ्चालन जस्तो जिम्मेवार क्षेत्रमा यस्ता...








