महोत्तरीका सुनील साहको शव दुई वर्षदेखि साउदीमै अलपत्र, अवशेष भए पनि ल्याइदिन बुवाआमाको हारगुहार
सुनीलको मृत्यु भएको दुई वर्ष नाघिसक्दा पनि शव अझै नेपाल आइपुगेको छैन । राज्यका संयन्त्रहरूकै ढिलासुस्ती र बेवास्ताका कारण सुनीलको परिवार दुई वर्षदेखि अन्त्येष्टि गर्न नपाएर मानसिक, सामाजिक र आर्थिक यातना भोग्न बाध्य छ ।
मृत्युको २७ दिनपछि इनिशा विकको अन्त्येष्टि
सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्युको २७ दिनपछि अन्त्येष्टि गरिएको छ । दोषीलाई कारबाहीको माग गर्दै आएका परिवारले बिहीबार इनिशाको शव बुझेर वीरेन्द्रनगर-११ भेरी नदीमा अन्त्येष्टि गरेका हुन् ।
ओली-लेखक हिरासत बसाइ : प्रहरीले माग्यो १० दिन, अदालतले दियो २ दिन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई २ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको सर्कुलरले सञ्चारमाध्यम बन्द हुने जोखिम बढ्यो : नेपाल मिडिया सोसाइटी
कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदनप्रसाद लम्सालले सरकारको यस्तो सर्कुलरले कैयौँको रोजगारी गुम्ने जोखिम बढाएको बताउनुभएको छ ।
प्रतिनिधिसभाले थाल्यो काम, रास्वपाले संसद्बाटै माग्यो दलित समुदायसँग माफी
नयाँ निर्वाचनमार्फत चुनिएको प्रतिनिधिसभाले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ । जेन-जी आन्दोलनको जगमा फागुन २१ गते सम्पन्न निर्वाचनपछि आज संसद्को पहिलो संयुक्त बैठक बसेको हो ।

























































